यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएको छ। सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुएका उनले यस्तो धारणा राखेको हो। सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए। ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि […]

दीपक भट्टको निवेदनमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

काठमाडौं। बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतले उच्च अदालत पाटन र विशेष अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार र कारणसहितको प्रतिवेदन पेश गर्न दुवै अदालतलाई आदेश दिएको हो। भट्टले आफूलाई […]

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक […]

दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

कास्की । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत […]

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

काठमाडौं । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ। उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानहरूले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन्। विद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध एवम् सस्तो आयातित […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज डलरको मूल्य स्थिर रहेको छ भने युरो घट्दा पाउण्डको मूल्य बढ्यो छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर […]

इक्रा नेपालद्वारा होङ्शी शिवम् सिमेन्टको रेटिङ यथावत्

काठमाडौं ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले होङ्शी शिवम् सिमेन्टको  ६ अर्ब बराबरको अल्पकालीन कर्जा सीमाका लागि ‘A2+’ (ए-टु प्लस) रेटिङलाई यथावत् राखेको छ। इक्रा नेपालका अनुसार कम्पनीको बलियो सञ्चालन क्षमता, नगण्य ऋण दायित्व र उच्च ब्याज भुक्तानी क्षमताका कारण यो रेटिङ दिइएको हो। कम्पनीको कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात ०.४१ गुणामा […]

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

काठमाडौं । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएका […]

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २०९ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २०९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९६, राइड सेयरिङमा ५०, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४३, हर्न निषेधमा ५६, लेन […]