आजदेखि नयाँ आर्थिक वर्ष शुरु, स्कुल फि, उपचार खर्चदेखि विद्युत महसुलसम्ममा अतिरिक्त कर लागू

काठमाडौं । आज साउन १, आजदेखि नयाँ आर्थिक वर्ष शुरु भएको छ । त्यसको सोझो अर्थ के हो भने जेठ १५ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गरेको बजेट भाषणको कार्यान्वयन आजदेखि शुरु भएको छ । फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बने पनि हिजो असार मसान्तसम्म पुरानै सरकार अर्थात तत्कालिन केपी ओली नेतृत्वको […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरुको मनोबल उच्च राख्न सरकारको जोड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन्। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिए । […]

तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, ८ वर्ष कैद र डेढ करोड बढी जरिबाना

काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड बढी जरिबानाको फैसला भएको छ। विशेष अदालतले बिहीबार भ्रष्टाचार मुद्दामा पौडेललाई सजाय निर्धारण गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितले ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल […]

जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावितलाई राहत : विद्युतीय सवारी साधन खरिदमा ८० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुरुप उक्त सुविधा प्राप्त गरिने भएको हो । राष्ट्र बैंकका अनुसार सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित  उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक  रुपमा […]

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार उक्त कम्पनीलाई २०७७ फागुन १८ गते प्रदान गरिएको अनुमतिपत्र भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३(६) बमोजिम स्वतः रद्द भएको हो। राष्ट्र बैंकले कम्पनीद्वारा […]

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा रहेको थियो । युरोपियन […]

दिगो विकास लक्ष्य हासिल गर्न वार्षिक साढे ७ खर्ब रुपैयाँभन्दा बढी स्रोत अभाव हुने

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सन् २०२४ देखि २०३० सम्म नेपाललाई वार्षिक औसत रु. ३० खर्ब २४ अर्ब स्रोत आवश्यक पर्ने भए पनि प्रत्येक वर्ष रु. ७ खर्ब ५५ अर्ब स्रोत अभाव हुने अनुमान गरिएको छ। संशोधित पूर्वानुमानअनुसार सार्वजनिक क्षेत्रबाट रु. ४ खर्ब २६ अर्ब र निजी क्षेत्रबाट रु. […]

भूमि मन्त्रीले ताकेता गर्दा पनि २५ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समय भित्र २५ वटा स्थानीय तहले बजेट नल्याएको जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सयमभित्र पेश नगर्नेमा कोशीका ४ वटा, मधेशका १६ वटा, बागमतीका १ वटा, लुम्बिनीका २ वटा, कर्णाली र सुदूरपश्चिमका क्रमशः १÷१ वटा […]

पर्यटन मन्त्रीलाई अगाडि राख्दै प्रधानमन्त्रीले पर्यटन व्यवसायीलाई भने: पीपीपी मोडलमा काम गर्न सकिनेबारे अध्ययन गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न सकिने सहकार्यबारे अध्ययन गर्न होटेल व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक […]