यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा रहेको थियो । […]

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित नभए पनि राजस्व सङ्कलन नरोकिने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आज एक सूचना जारी गरी राजस्व सङ्कलन जारी रहने जनाएको हो । बजेटसँगै प्रस्तुत भएको आर्थिक विधेयक-२०८३ पनि प्रदेशसभामा विचाराधीन रहेको र पारित गर्ने समय बिहीबार सकिएकाले अन्योलता उत्पन्न […]

सरकारी चेतावनीपछि धमाधम उठ्न थाल्यो औद्योगिक भाडा बक्यौता, हालसम्म साढे ४६ करोड असुल

काठमाडौं । वर्षौंदेखि उठ्न नसकेको औद्योगिक भाडा बक्यौता धमाधम असुल हुन थालेको छ । बक्यौता रकम सात दिनभित्र नतिरे विद्युत् र खानेपानी सेवा काट्ने चेतावनी दिएपछि उद्योगीहरू भुक्तानी गर्न बाध्य भएका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बिहीबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता रकम असुल भएको छ । यससँगै […]

एक वर्षमा आयो ५८ अर्ब एफडीआई प्रतिवद्धता, करिब साढै २८ हजार रोजगारी सिर्जना हुने अनुमान

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले १ हजार १ सय १६ वटा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) परियोजनालाई स्वीकृति दिएको छ। उद्योग विभागका अनुसार ती परियोजनामार्फत ५८ अर्ब १ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा स्वीकृत परियोजनाबाट २८ हजार ४२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। विभागले सार्वजनिक […]

गत आर्थिक वर्षको अन्तिम दिनमै उठ्यो साढे १६ अर्ब राजस्व, लक्ष्य भेट्टाउन भने असफल

काठमाडौं । हरेक आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि सरकार तथा सरकारी कर्मचारीहरूलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हतारो भएको छ । आर्थिक वर्षको सुरुवातदेखि काम नगर्ने प्रवृत्तिका कारण अन्त्यतिर सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेका देखिन्छन् । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो एक दिन […]

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग यस्तो छ मस्यौदा

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ । उक्त मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । प्राप्त सुझावलाई आवश्यकतानुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ । मस्यौदामा […]

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौं । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो । हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू […]

घरजग्गा कारोबारमा सुधार,११ अर्ब ८४ करोड राजस्व सङ्कलन

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असार महिनामा घरजग्गाको खरिदबिक्री र राजस्व सङ्कलन दुवै बढेको हो। असारमा देशभरिका मालपोत कार्यालयहरूबाट ७० हजार ४ सय ८० वटा घरजग्गा कारोबार (लिखत पास) भएका छन्। यो सङ्ख्या अघिल्लो महिना जेठको तुलनामा १५ हजार ७ […]

निरन्तर व्यवसायीसँग छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्न लागेका छन । गत आर्तिक बर्षको असार ८ गते नीजि क्षेत्रका छाता संगठनका प्रतिनिधिलाइ भेटेर सुरु भएको उनको ब्यबसायीसँगको भेटघाट आज जुत्ता उत्पादनसँग पुगेको छ । यस अघि प्रधानमनत्री शाहले स्वतन्त्र उर्जा […]

आर्थिक बर्षको पहिलो दिन ५० अर्व निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको पहिलो दिन आज साउन १ गते ५० निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत  निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ […]