सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको कोषले जनाएको छ । कोषका अनुसार सूचीकृत रोजगारदाताको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ […]

 तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालन भएका ठेक्काहरूको स्वीकृति, रेखदेख, भुक्तानी तथा सहजीकरणमा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीलाई लाभ पुर्‍याएको बदलामा १ करोड ७१ लाख […]

पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लान सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन्। सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको सुरुवात […]

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ […]

बजेट कार्यान्वयन गर्न सरकारको तत्परता  जारी गर्यो ३७ बुँदे मार्गदर्शन पुर्ण पाठ सहित

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ सुरु भएको चौथो दिन सरकारले बजेट कार्यान्वयनको लागि ३७ बुँदे मातहत निकाय र सरोकारवाल निकायलाइ  मार्गदर्शन जारी  गरेको छ ।  सरकारले बजेट कार्यान्वयनलाई थप मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउनका लागि नयाँ मार्गदर्शन जारी गरेको बताएको छ  । अर्थ सचिब घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयहरूलाई […]

समपूरक अनुदानमार्फत १३ अर्ब ५३ करोड रुपैयाँ बराबरका आयोजना कार्यान्वयन हुने

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि संघीय समपूरक अनुदानअन्तर्गत प्रदेश सरकार तथा स्थानीय तहमार्फत कार्यान्वयन हुने क्रमागत तथा नयाँ आयोजना तथा कार्यक्रमहरू छनोट गरी बजेट विनियोजनका लागि सिफारिस गरेको छ। आयोगले प्रदेश सरकारमार्फत सञ्चालन हुने सडक, पुल, सिँचाइ, स्वास्थ्य, शिक्षा, पर्यटन तथा नदी नियन्त्रणलगायत पूर्वाधार विकाससम्बन्धी ६२ वटा आयोजना तथा स्थानीय […]

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को ,सूचना नं. ०३/०८३-८४ जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको […]

अर्थमन्त्री वाग्लेद्वारा बजेट कार्यान्वयनका लागि छलफल सुरु

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा आज बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको हो। बैठकको अध्यक्षता अर्थमन्त्री वाग्लेले गरेका छन्। बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]