यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री डा‍.स्वर्णिम वाग्ले

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड “द रिट्च कार्लटन” नेपाल भित्रिनु सुखद् भएको बताए। सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका थिए  । काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनिहरू बीच […]

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

रसुवा । नेपाल र चीनबिच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् । यस नाकाबाट खासगरी […]

डोटीका स्थानीय तहमा १५ करोड बेरुजु थपियो

काठमाडौं । डोटी जिल्लाका स्थानीय तहहरूमा बेरुजु रकम बढ्दैगएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा १५ करोड सात लाख २६ हजार ८१७ रुपैयाँ बेरुजु थपिएको छ । जिल्लाका नौ स्थानीयतहमध्ये गत आर्थिक वर्षमा पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी तीन करोड ४७ लाख ७१ हजार ५८० रुपैयाँ […]

कर दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले करका दर हेरफेरसम्बन्धी विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले करका दरसम्बन्धी जानकारी अत्यन्त सीमित व्यक्तिसम्म मात्र रहने भएकाले यस विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए। उनले करसम्बन्धी सूचना चुहावट भएको आशंका व्यक्त गर्दै […]

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले नेपालसँगको विस्तारित कर्जा सुविधा ९एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी–इसिएफ० कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइएमएफका अनुसार आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनात्मक सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सो सहायता उपलव्ध भएको आइएमएफद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख […]

 कर दर हेरफेरको विषय संसदमा विपक्षीले खोजे सरकारको जवाफ  

काठमाडौं । आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको तथा संसद्मा पेश भएको विधेयकका १६ पृष्ठ हटाइएको विषय प्रतिनिधिसभामा उठेको छ। विपक्षी सांसदहरूले यस घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गर्दै गम्भीर छानबिनको आवश्यकता औंल्याएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै पद्मा अर्याल ले आर्थिक विधेयकमा अस्वाभाविक परिवर्तन भएको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले संसद्मा दर्ता भएको विधेयक […]

रासायनिक मल खरिद प्रकरण : मन्त्रालयको आरोप कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले खरिद र बिक्री व्यवस्थित गर्न सकेनन्

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि सबैभन्दा बढी अनुदान प्राप्त गरे पनि त्यसको सदुपयोग गर्न सकेको छैन । यसको परिणामास्वरुप किसानहरु सदैव समस्यामा पर्ने गरेका छन् । अर्थमन्त्रालयका अनुसार कृषि मन्त्रालय मार्फत सञ्चालन भएका १२ वटा अनुदान कार्यक्रममा कुल ३२ अर्ब १३ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये […]

विद्युतीय सवारीसाधन आयात प्रकरण छानबिन गर्न सरकारी टोली ‘फिल्ड ’ मा

काठमाडौं । बजेटअघि नै विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी कर दर परिवर्तनको सूचना चुहिएको आशंकामा नियन्त्रणमा लिइएका ७७४ वटा इभीबारे छानबिन गर्न गठित सरकारी समिति फिल्डमा खटिएको छ। अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको संयोजकत्वमा गठन गरेको छानबिन समितिले घटनासँग सम्बन्धित तथ्य संकलन तथा अध्ययन सुरु गरेको हो। भन्सार विभागका अनुसार समितिका सदस्यहरू पोखरा र जोमसोम क्षेत्रतर्फ […]

द्विदेशीय आर्थिक सहकार्यलाई तीव्रता दिन नेपाल–भारत उद्योग वाणिज्य संघको आग्रह

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तथा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग ६ जुन २०२६ मा नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय भेटवार्तामा भएका सहमतिहरुको स्वागत गरेको छ। व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलगायत विषयमा भएको व्यापक समीक्षा तथा नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि […]