काठमाडौं ।सामाजिक सुरक्षा कोषले आफूले प्रदान गर्ने सेवामा नयाँ ब्याजदर कायम गरेको छ । कोषले वृद्दअवस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा व्याज वार्षिक ३.२ प्रतिशत, संस्थागत तथा व्यक्तिगत अवकाश कोषमा जम्मा भएको रकममा वार्षिक ३.२ प्रतिशत ,विशेष सापटीमा कोषले लिने व्याज वार्षिक ४.७ प्रतिशत , घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा कोषले लिने व्याज वार्षिक ५.५ प्रतिशत, घडेरी सापटीमा कोषले लिने व्याज वार्षिक ५.७ प्रतिशत र समान मासिक किस्ता (इएमआइ) भुक्तानी म्याद नाघेकोमा कोषले लिने हर्जाना व्याज दर वार्षिक १ प्रतिशत रहेको छ ।
साउन १ गते देखि उक्त नयाँ ब्याजदर लागु भएको हो ।
सामाजिक सुरक्षा कोष संचालक समितिको असार २३ गते को वैठक को निर्णयबाट साउ १ बाट लागु हुने गरी कोषमा जम्मा हुने योगदान रकम तथा कोषबाट प्रवाह हुने योगदानकर्ता सापटीको व्याजदर निर्धारण गरेको जनाएको छ ।



