द्विदेशीय आर्थिक सहकार्यलाई तीव्रता दिन नेपाल–भारत उद्योग वाणिज्य संघको आग्रह

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तथा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग ६ जुन २०२६ मा नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय भेटवार्तामा भएका सहमतिहरुको स्वागत गरेको छ। व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलगायत विषयमा भएको व्यापक समीक्षा तथा नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि […]

नेपाल राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८३\०८३ को लागि सुझाव माग गरेको छ \।   आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा रहेको  बैंकले सरोकारवालासँग सुझाव माग गरेको हो  । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम केन्द्रीय बैंकले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति ल्याउर्नुपर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम राष्ट्र […]

अर्थले नियमवली विपरित गर्छ लाखौं रकम रकमान्तर

काठमाडौं । अर्थ मन्त्रालयले नियम विपरित लाखौं रकम रकमान्तर गर्ने गरेको छ । मन्त्रालयले आन्तरिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२(१) मा विपरित पहिलो त्रैमासिक अवधिमा लाखौं रकम रकमान्तर गरेको छ । आन्तरिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२(१) मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित, बहुआयामिक गरिबी घटाउने कार्यक्रम समेट्न सुझाव

कर्णाली। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबारको आठौँ बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली, २०८१ नियम ३९ को उपनियम–४ बमोजिम मुख्यमन्त्री यामलाल कँडेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् […]

नेपालगन्ज भन्सारः १० महिनामा १६ अर्ब ७३ करोड राजस्व संकलन, लक्ष्यको ६८ प्रतिशत

बाँके। नेपालगन्ज भन्सार कार्यालयले चालूु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ। चालू आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाखसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख […]

बार्नको अध्यक्षमा नेपाल वायुसेवा निगमका अनिल घिमिरे

काठमाडौं। नेपालस्थित एयरलाइन्स प्रतिनिधिहरूको बोर्ड (बार्न) ले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। बार्नले ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस होटलमा ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो। ‘रेजिलियन्ट स्काइज, सेयर्ड भिजन’ भन्ने मूल नारासहित सम्पन्न साधारण सभामा नेपालमा सञ्चालनमा रहेका विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरू सहभागी भएका […]

तीन आर्थिक वर्षमा कस्तो छ राजस्व लक्ष्य र असुलीको अवस्था ? विस्तृतमा

काठमाडौं । महालेखा परीक्षक कार्यालयको अनुसार सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११ खर्ब ९६ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।  तथ्याङ्क अनुसार, गत वर्षका लागि निर्धारण गरिएको वार्षिक लक्ष्यको तुलनामा ८४.२८ प्रतिशत मात्रै राजस्व असुली भएको हो। सरकारले गत आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने […]

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत नौ सय १७ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार […]

बेरुजु फस्र्यौटमा ढिलासुस्ती, ३१ प्रतिशतबाट ४ प्रतिशतमा झर्यो बेरुजु फस्यौटको स्थिति

काठमाडौं ।बेरुजु फस्र्यौट अर्थात् सम्परीक्षणमा सरकारी पदाधिकारीहरुले ढिलासुस्ती गरिएको देखिएको छ । पछिल्लो वर्षहरुमा बेरुजु फस्र्यौट एकल अंक प्रतिशतमा सीमित हुन थालेको छ ।बेरुजु फस्र्यौट अनुगमन समितिको बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुरुप सो कुरा बताइएको हो । महालेखा परीक्षकको कार्यालयका अनुसार २०७६/७७ सम्म ३१ प्रतिशत बेरुजु फस्र्यौट गर्दै आएका सरकारी पदाधिकारीहरुले आर्थिक वर्ष २०८०/८१ मा […]