CLI

एक वर्षमा आयो ५८ अर्ब एफडीआई प्रतिवद्धता, करिब साढै २८ हजार रोजगारी सिर्जना हुने अनुमान

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले १ हजार १ सय १६ वटा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) परियोजनालाई स्वीकृति दिएको छ। उद्योग विभागका अनुसार ती परियोजनामार्फत ५८ अर्ब १ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा स्वीकृत परियोजनाबाट २८ हजार ४२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षभर स्वचालित मार्ग (अटोमेटिक रुट) र स्वीकृति मार्ग (अप्रुभल रुट) दुवै माध्यमबाट विदेशी लगानी स्वीकृत भएको हो।

विभागको अनुसार समीक्षा अवधिमा अवधिमा स्वचालित मार्गबाट ९ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ र प्रत्यक्ष सहभागी मार्गबाट ४८ अर्ब ४१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । प्रत्यक्ष स्वचालित मार्गबाट ८९७ वटा र प्रत्यक्ष सहभागी मार्गबाट २१९ वटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको हो ।

समिक्षा अवधिमा सबैभन्दा बढी पर्यटनमा लगानी प्रतिवद्धता आउदा सबैभन्दा कम खनिजमा रहेको छ । १ वर्षमस  महिनामा पर्यटनमा १३ अर्ब ९९ करोड ७४ लाख, सेवामा ४ अर्ब ९१ करोड ४० लाख, उत्पादनमुलुकमा ३ अर्ब ९१ करोड, सूचनाप्रविधिमा २ अर्ब ३६ करोड ५८ लाख, पूर्वाधारमा २ अर्ब ८३ करोड ३४ लाख , उर्जामा ७१ करोड ७८ लाख, कृषि मुलुकमा २३ अर्ब १८ करोड ८० लाख र खनिजमा १८ करोड ५० लाख लगानी प्रतिवद्धता आएको हो ।

उक्त लगानी प्रतिवद्धता पर्यटनमा २२७ वटा, सेवामा ७१ वटा, उत्पादनमा ६३ वटा, सूचनाप्रविधिमा ७२७ वटा, पूर्वाधारमा २ वटा, उर्जामा ४  वटा, कृषिमा १८ वटा र खनिजमा २ वटा उद्योग तथा व्यवसायका लागि उक्त लगानी प्रतिवद्धता आएको हो ।

त्यसतै, नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले गत आर्थिक वर्षमा १७ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबरको लाभांश स्वदेश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो स्वीकृति ९ अर्ब ६१ करोड रुपैयाँ मात्र रहेको थियो। यस आधारमा लाभांश फिर्ता लैजाने रकम उल्लेख्य रूपमा बढेको देखिन्छ।

 

Leave Your Comment

Related News