आइएमएफले थप साढे ६ अर्ब ऋण दिने
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)बाट विस्तारित कर्जा सुविधा (एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ)अन्तर्गत थप साढे ६ अर्ब कर्जा पाउने भएको छ । आइएमएफको कार्यकारी बोर्डले इसिएफअन्तर्गतको सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ताबापतको कर्जासमेत पाउने भएको हो । कार्यक्रमअन्तर्गत तय गरिएको तथा आइएमएफको सर्तअनुसार नेपालले सुधारका कार्यक्रम अघि बढाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने […]

