RE
Global College

जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावितलाई राहत : विद्युतीय सवारी साधन खरिदमा ८० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुरुप उक्त सुविधा प्राप्त गरिने भएको हो ।

राष्ट्र बैंकका अनुसार सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित  उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक  रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन
क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म  कायम गर्न सकिनेछ ।

त्यस्तै राष्ट्र बैंकले निजी विद्युतीय सवारी साधान खरिद गर्दा ६० प्रतिशत सम्म कर्जा लिने पाइने व्यवस्था गरेको छ । सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन खरिद गर्दा कर्जा अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने छ ।

यसअघि सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा अधिकतम ६०
प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो ।  तर, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको थियो ।

NECO

Leave Your Comment

Related News