माछा उत्पादनमा मधेश प्रदेश अग्रस्थानमा, कर्णालीको हिस्सा न्यून

काठमाडौं । देशको कुल माछा उत्पादनमा मधेश प्रदेशले सबैभन्दा ठूलो योगदान दिएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०८२/८३) अनुरुप आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा   कुल माछा उत्पादनमध्ये मधेश प्रदेशको हिस्सा ५१.३८ प्रतिशत रहेको छ, जुन सबै प्रदेशमध्ये सर्वाधिक हो। मधेश प्रदेशमा प्रशस्त जलस्रोत, व्यावसायिक मत्स्यपालनको […]

बागमतीमा असुल गर्नुपर्ने बेरुजु ४ करोडभन्दा बढी

काठमाडौं । बागमती प्रदेशमा वित्तीय अनुशासन कमजोर हुँदा बेरुजु रकम बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार प्रदेश र स्थानीय तह गरी कुल ३८ करोड ३४ लाख ६० हजार रुपैयाँभन्दा बढी रकम असुल गर्नुपर्ने देखिएको छ। प्रदेश सरकारअन्तर्गत मात्र ४ करोड ३९ लाख ८२ हजार रुपैयाँ असुल गर्नुपर्ने बेरुजु देखिएको छ भने १९१ […]

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ […]

दीपक भट्ट, शुलभ, र शाहिल अग्रवालसँग ४२ करोड १४ लाख बिगो माग, ६ बर्ष कैद सजाय माग (सूची सहित)

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय अन्तर्गतको कसुर, बीमा सम्बन्धि कसुर, धितोपत्र कारोवार सम्वन्धि कसुर  र बैंकिङ्ग कसूरको आरोपमा थुनामा रहेका दीपक भट्ट, सुलभ अग्रवाल र फरार रहेका  सुलभ अग्रवालसँग  बैंकिङ कसुर सम्वन्धि मुदामा  बयालिस करोड चौध लाख अठासी हजार आठ सय सात रुपैँया बिगो दाबी माग गरेको छ । नेपाल सरकार बादी भएको […]

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही […]

गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फको प्रविष्टि भइसकेको र पुँजीगततर्फका योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा रहेको थियो […]

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा

काठमाडौं । इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गरी जवाफी आक्रमण सुरु गरेको छ । इरानले विशेष गरी कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । यसअघि, अमेरिकी […]

बीवाईडी गाडी प्रकरणमा संसदीय छानबिनको माग

काठमाडौं । बजेटमार्फत करका दर हेरफेर गरिएको आरोप र भन्सार प्रशासनमा भइरहेको भनिएको राजस्व चुहावटबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा चर्को बहस भएको छ। विभिन्न दलका सांसदहरूले यस विषयमा उच्चस्तरीय संसदीय छानबिन आवश्यक रहेको भन्दै छुट्टै उपसमिति गठन गर्न माग गरेका छन्। बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी, नेपाल […]

छानबिन समिति बनाए स्वागत गर्छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माण प्रक्रिया र करका दर परिवर्तनसम्बन्धी उठेका विवादबारे कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन्। बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटिलाई नीतिगत भ्रष्टाचारको रूपमा चित्रण गर्नु उचित नहुने बताए। कसैलाई बजेट निर्माणमा नियतको शङ्का […]