प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३  बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतबाट विधेयक पारित भएको घोषणा गरेका हुन्। विधेयकमाथिको दफावार छलफलमा सांसदहरू प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, […]

सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म

काठमाडौं ।अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा […]

एडीबीद्वारा नेपालमा भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि ५ करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न, व्यापार प्रवर्द्धन गर्न तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउन ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। यो ऋण दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गतको भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमको दोस्रो उपकार्यक्रम (सबप्रोग्राम–२) का लागि प्रदान गरिएको हो। […]

पोखरा महानगरको बजेट पारित

कास्की। पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको  महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो । महानगरले प्रस्तुत गरेको आगामी वर्षको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको विनियमदर बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । अघिल्लो […]

पेट्रोल पम्पले इन्धनको कृत्रिम अभाव सिर्जना गरे तत्काल कानुनी कारबाही गर: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्प सञ्चालकलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट […]

४५ अर्वको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ क’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बुधबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधाबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा रहेको थियो […]

भन्सार विभागका महानिर्देशक भण्डारी मन्त्रालय तानिए

काठमाडौं । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयअनुसार सोमबार भण्डारीलाई मन्त्रालय तानिएको हो। भण्डारी मन्त्रालयमा तानिएसँगै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ। भण्डारीले २०८२ भदौ १ गतेदेखि भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। बजेट भाषणअघि जेठ १५ आसपास रसुवा भन्सार नाकाबाट भएका सवारीसाधन […]

उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

काठमाडौं । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। उधोग बाणिज्य तथा आपुर्ति मनत्रालयले  लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता […]