यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ ।यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ। लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन् । यससँगै डिपसिक एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको […]

उधमशीलता र नवप्रवर्धनमा बागमती प्रदेशको जोड

काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक वर्ष (आव)  २०८३\८४ को बजेटमार्फत् उधमशीलता र नवप्रवर्धनलाई जोड दिएको बताए । साथै, यातायातलाई थप व्यवस्थित बनाउने भएको छ । बजेटमार्फत्  नवप्रवर्धन  र स्टार्टअप अभियानलाई विद्यालय विश्वविद्यालय तथा नीजि क्षेत्रबाट उधमशील शिक्षा तथा कार्यक्रम हरुको लागि सरकारले बजेट छुट्याएको छ । युवा तथा महिलालाई सिप, प्रविधि र वित्तिय सहायताबाट […]

आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं । युवा, रोजगार तथा श्रममन्त्री रामजी यादवले आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’का रूपमा घोषणा गरी देशभित्रै रोजगारीका अवसर विस्तार गर्ने तयारी सरकारले गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको र आवश्यक नीतिगत सुधारका काम अघि बढाइएको जानकारी […]

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न […]

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा […]

बजेटभन्दा माथि सार्वजनिक ऋण दायित्व, ११ महिनामा २९ खर्ब ६१ अर्ब पुग्यो, २ खर्ब ८७ अर्बले बढ्यो

काठमाडौं । मुलुकको सार्वजनिक ऋण साढे २९ खर्ब बढी पुगेको छ । यो सँगै चालु आर्थिक वर्ष २०८२/८३ को बजेट भन्दा ९ खर्ब ९७ अर्ब ८ करोडले बढी रहेको छ । सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सार्वजनिक ऋण दायित्व २९ खर्ब ६१ अर्ब १९ करोड पुगेको छ। जुन […]

नेपाल राष्ट्र बैंकले ल्यायो गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर भएको ५०० का नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साविककै आकार तथा रङ्गमा नयाँ विशेषताहरू सहितको नोट बजारमा पठाइएको जनाएको हो। नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको (Watermark)  राखिएको छ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ […]

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ।सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा […]