CLI

सातामा २ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, औषत कारोबार भने घट्यो

काठमाडौं । यो साता नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । चालु आर्थिक वर्षक सुरु भए पछिको पहिलो पूर्ण कारोबार भएको हप्ता दिनमा नेप्से परिसूचक २.१३ प्रतिशत अर्थात् ५७.०६ अंकले बढेको हो ।

गत साता २६७७.५४ विन्दुमा बन्द भएको नेप्से, यो साता बढेर २७३४.६० विन्दुमा बन्द भएको छ । यो साताका पाँच कारोबार दिनमध्ये ४ दिन सेयर बजार बढेको थियो भने एक दिन दोहोरो अंकको गिरावट सहित कसरेक्सन देखिएको थियो । परिसूचकसँगै यो साता सेन्सेटिभ इण्डेक्स ५.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक बढेको छ ।

परिसूचक बढेको यो साता कारोबार रकममा भने गिरावट आएको छ । गत साता दैनिक औषतमा ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको बजारमा यो साता भने दैनिक औषतमा ५ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकममा २.९५ प्रतिशतको गिरावट आएको छ । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या पनि २९.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३४.९७ प्रतिशत बढेको छ ।

यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९९ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। यो साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशत बढेको छ । गत साता १० हजार ६१२.८६ विन्दुमा बन्द भएको यो उपसूचक यो साता ४३६.३२ अंक बढेर ११ हजार ४९.१८ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता यही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको हो ।

यस साता व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.४३ प्रतिशत बढेको छ । गत साता ४६९५.६३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २०.३३ अंक बढेर ४७१५.९६ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता लगानी उपसमूहको परिसूचक सबैभन्दा कम १.४० अंक बढेको छ । यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ३४.४१ अंक घटेको छ ।

Leave Your Comment

Related News