Global College

सम्पदा लघुवित्तको ३३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका३३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई संस्थापक सेयरधनीको नाममा रहेको ३३ हजार ३४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीका अनुसार संस्थापक सेयरधनी शुशिल काजी बानियाले ७ हजार २० कित्ता र शारदा (न्यौपाने) कणेलको नामको २६ हजार ३२८ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा लिखित निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News