काठमाडौं । निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस १२ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौं महानगरपालिका–३२ मा दिउँसो २ बजे बस्नेछ ।
सभामा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङलगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिने, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने र शेयर सूचीकरण तथा अभौतिकीकरणसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पेस हुनेछ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ।
त्यस्तै सोही सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र आयोजना निर्माणका लागि गरिएका सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।



