Global College

चितवन आयोन वाई प्लस आगलागी : ब्याट्रीमा खराबी नदेखिएको जीएसीको निष्कर्ष

काठमाडौं । चितवनमा भएको आयोन वाई प्लस विद्युतीय सवारीसाधन आगलागी घटनाको अनुसन्धान प्रतिवेदन उत्पादक कम्पनी जीएसी इन्टरनेसनलले सार्वजनिक गरेको छ। नेपालका लागि जीएसी सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्स प्रालिले  विज्ञप्ति जारी गर्दै विस्तृत प्राविधिक अनुसन्धानबाट ब्याट्री वा सवारीसाधनको विद्युतीय प्रणालीमा कुनै खराबी नदेखिएको जानकारी दिएको हो। सन् २०२६ सेप्टेम्बर ११ मा नेपालको चितवनमा आयोन वाई प्लस विद्युतीय सवारीसाधनमा आगलागी भएपछि जीएसी इन्टरनेसनल कम्पनी लिमिटेडले घटनालाई उच्च प्राथमिकतामा राख्दै वरिष्ठ प्राविधिक टोली परिचालन गरी अध्ययन तथा छानबिन अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।

विस्तृत प्राविधिक छानबिनपछि जीएसी इन्टरनेसनलले घटनाका विषयमा तीन प्रमुख निष्कर्ष निकालेको छ। पहिलो, परीक्षणका क्रममा सवारीसाधनको ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा रहेको पाइएको छ भने ब्याट्रीको माथिल्लो तथा तल्लो आवरण र प्रेसर रिलिफ डिस्कसमेत सुरक्षित रहेको पुष्टि भएको छ, जसले आगलागीको स्रोत ब्याट्री नभएको देखाउँछ। दोस्रो, सवारीसाधनका वायरिङ हार्नेस तथा बरामद गरिएका विद्युतीय उपकरणहरूको विस्तृत जाँच गर्दा सर्ट सर्किटका कारण तार पग्लिएको, विद्युतीय क्षति भएको वा तार जलेर प्वाल परेको कुनै संकेत भेटिएको छैन। तेस्रो, विद्युतीय पार्टपुर्जा वा प्रणालीमा कुनै अन्तर्निहित उत्पादनगत त्रुटि वा खराबीका कारण आगलागी भएको सम्भावना नदेखिएको र आगलागी सवारीसाधनको ब्याट्री वा विद्युतीय प्रणालीसँग असम्बन्धित बाह्य प्रज्वलन स्रोतबाट सुरु भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।

विश्वभर करिब तीन करोड सवारीसाधन उत्पादन गरिसकेको जीएसी इन्टरनेसनलले अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्डको पालना गर्दै आएको जनाएको छ। नेपालमा उपलब्ध जीएसीका सवारीसाधनले पनि सोही विश्वव्यापी गुणस्तर, विश्वसनीयता र सुरक्षाका मापदण्ड पूरा गरेको सीजी मोटर्सले स्पष्ट पारेको छ। साथै, कम्पनीले सवारीसाधनको सुरक्षा, गुणस्तर र विश्वसनीयताका उच्चतम मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको बताउँदै सरोकारवालाहरूसँगको सहकार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ।

NECO

Leave Your Comment

Related News