यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धाण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा रहेको […]

एक-एक घण्टाको बजार उतारचढाव हेरेर सरकारले नीति बनाउँदैन: डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सेयर बजारको क्षणिक उतारचढावलाई भन्दा दीर्घकालीन नीतिगत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकार एक–एक घण्टाको बजार सूचक हेरेर नभई समग्र पूँजी बजारलाई पारदर्शी र स्थिर बनाउने योजनाका साथ अघि बढेको स्पष्ट पारे। “सरकार एक–एक घण्टाको बजार उतारचढाव हेरेर नीति […]

ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार २५ अर्ब ५३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सार्वजनिक […]

नेपाल उद्योग परिसंघकाे माग : कानुनी निरुपण नहुँदासम्म उद्योगको विद्युत लाइन नकाटिदिनाेस्

काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रभित्रको भाडा सम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगहरूमा विद्युत लाइन नकाट्न अनुरोध गरेको छ । परिसंघले बुधबार एक विज्ञप्ति जारी गर्दै काटिएका उद्योगहरूमा तत्काल विद्युत लाइन पुनः जडान गर्न समेत माग गरेको हो । औद्योगिक क्षेत्रभित्रको भाडा वृद्धि सम्बन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालतले गत २०८१ चैत १२ गते […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

भोगाधिकारमा रहेका सरकारी जग्गा ६ महिनाभित्र लिजमा परिणत गर्न विभागको निर्देशन

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारमा रहेका सरकारी जग्गा ६ महिनाभित्र लिजमा परिणत गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई जानकारी गराउन भूमि प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ तथा सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ मा भोगाधिकारमा […]

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व सङ्कलनमा सुधार देखिएको छ । प्रदेश सरकारले गत जेठ २५ गतेसम्म रु पाँच अर्ब १४ करोड ४ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले […]

सेबोन र बीमा प्राधिकरणमा सही मान्छे ल्याउछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दाग नलागेको र विगतका गतिविधि केलाएर सही व्यक्ति नियुक्त गरिने बताएका छन् । उनले अध्यक्षमा नियुक्त हुने व्यक्तिको दश पुस्ते सम्वन्ध र गतिविधि केलाएर नियुक्त गर्न लागिएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको […]

‘लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको बताएका छन्। बुधबार चेम्बर भवन, जमलमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयको छलफल तथा संवाद कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक सुधारको संकेत दिएको […]

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौं : अर्थ मन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयसम्बन्धी छलफल र संवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले उत्पादन र लगानीमार्फत प्राप्त हुने समृद्धिको मार्गमा सरकार अघि बढिरहेको बताए। […]