काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

झापा। पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि सञ्चालनमा आएको यस एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्थाको शुभारम्भ गरेका हुन्। योसँगै सीमा […]

डलरको दबाबमा जापानी येन

काठमाडौं ।अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सङ्केत दिएको छ । अर्थमन्त्री सात्सुकी कातायामाले मङ्गलबार टोकियो आवश्यक परे ‘दृढ कदम’ चाल्न तयार रहेको बताएकी छन् । मध्यपूर्वमा जारी तनाव, अमेरिका र जापानबीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण येनमाथि लगातार […]

‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड

काठमाडौं ।  स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ। म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्रबीचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने उद्देश्य राखेको […]

कर नतिर्ने २९ करदाताको नाम सार्वजनिक

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन अटेरी गर्ने २९ जना करदाता तथा व्यावसायिक फर्मको नाम सार्वजनिक गरेको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि बक्यौता कर रकम नतिरेका करदाता, व्यवसायी तथा फर्महरूको विवरण सार्वजनिक गरेको जनाएको हो। कार्यालयका अनुसार आन्तरिक राजस्व कार्यालय, बर्दिया ले आयकर […]

चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन

काठमाडौं ।  भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ। कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलको संयोजकत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय […]

सिक्टाको पानीले २२ हजार हेक्टरमा सिँचाइ, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हट्यो

जानकी (बाँके) । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकी […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा रहेको थियो । यस्तै, […]

स्मार्टफोन आयातबाट ८अर्ब १० करोड राजस्व संकलन , चीनको मात्रै ६ अर्ब १२ करोड योगदान

काठमाडौं । चालु आव २०८२/८३ को ११ महिनामा विभिन्न देशहरूबाट विभिन्न कम्पनीका स्मार्टफोनहरू आयात गर्दा सरकारले ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व सकंलन गरेको नेपाल भन्सार विभागको तथ्याङ्कले देखाएको छ। चालु आव मा ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको २० लाख ४१ हजार १९९ थान स्मार्टफोन […]

श्रीलङ्काको निर्यात चार महिनामा ६ प्रतिशतले वृद्धि

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ । श्रीलङ्काको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने […]

स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई २३ अर्ब बढी रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पतालहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ । बोर्डले असार ८ गते गरेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी रकम भुक्तानी तथा पेश्की फर्छ्यौट गरिएको […]