CLI
Global College

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वको सिफारिस समितिले आबेदन दिएक मध्ये  तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ।

अब मन्त्रिपरिषद् बैठकले सिफारिस भएका मध्ये एक जनालाई नियुक्त गर्नेछ।

सिफारिस समितिले याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

लगानी बोर्डको सिईओ समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य छन्।

सिफारस समितिले सिफारिस गरेका ति जना मध्ये याङ्की उक्याब विकास अर्थशास्त्री हुन्। उनले यसअघि लगानी बोर्डमा परामर्शदाताका रूपमा काम गरेकी थिइन्।

मनोज पौडेल अर्थशास्त्री हुन्। उनी यसअघि लगानी बोर्डमा अर्थशास्त्रीका रूपमा कार्यरत थिए। उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो कार्यसमितिमा एसोसिएटतर्फ केन्द्रीय सदस्य पनि थिए। अहिलेको नेपाल उधिग बाणिज्य महासंघको कार्यकारीणि समितिमा द्विराष्ट्रिय तर्फबाट सदस्य रहेका छन् ।

सिफारिसमा परेका अर्का सुमनमानसिंह अर्थशास्त्री हुन्।

सिफारिस समितिले जेठ २९ गते आवेदन मागेको थियो। त्यसपछि आवेदन दिने म्याद असार १८ गतेसम्म थपिएको थियो। आवेदन दिएका आठ जनामध्ये छोटो सूचीमा परेकाहरूको साउन ७ र ८ गते प्रस्तुति र अन्तर्वार्ता लिइएको थियो।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको रहेको छ ।

कानुनअनुसार बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृत बोर्डको सदस्य–सचिव पनि हुने व्यवस्था छ।

यस अघि बोर्डमा सिइओका रुपमा राधेश पन्त, महाप्रसाद अधिकारी, सुशिल भट्ट र सुशिल ज्ञवालीले जिम्मेवारी पाएका थिए।

 

Leave Your Comment

Related News