मधेस प्रदेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन्। नयाँ बजेट चालु आर्थिक वर्ष २०८२/८३ को ४६ अर्ब ५८ करोड रुपैयाँको बजेटको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ। […]

