CLI

आज देखि सुरु लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदको लागि प्रस्तुतिकरण र अन्र्तवार्ता

काठमाडौं । बिहीबार देखि लगानी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रम हुनेछ । बोर्डले बिहीबार र शुक्रबार बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रम तय गरेको हो ।

बोर्डले बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिने छ । यो सँगै संक्षिप्त सूचीमा परेका ८ जना सहभागी हुने छन् ।

संक्षिप्त सूचीमा पर्नेमा सुमन मान सिंह बस्न्यात गोकर्णेश्वर–८, काठमाडौँ, जितेन्द्र धिताल कागेश्वरी मनोहरा–९, काठमाडौं, डा. मुकुन्द प्रसाद पौड्याल शान्तिनगर, नयाँ वानेश्वर, काठमाडौं, डा. सरोज कोइराला लहान न पा–१३, सिरहा र याङकी उक्याव महाराजगञ्ज – ३, काठमाडौँ रहेका छन् ।

यसैगरी बखत बहादुर शाही दुल्लु १३, दैलेख, मनोज पौडेल ललितपुर – ३, धोबिघाट र इ. मधु प्रसाद भेटुवाल बुढानिलकण्ठ–६, काठमाडौं पनि संक्षिप्त सूचीमा परेका छन् । लगानी बोर्डले नेपालको ठूला लगानीहरुलाई व्यवस्थित गर्ने काम गर्छन । बोर्डले ५ करोड भन्दा मािथका विभिन्न परियोजनाको लागि सहजीकरणको काम गर्दै आएको छ ।

Leave Your Comment

Related News