CLI

अब नेपालमा चल्ने भए भारु २०० र ५०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय २०० र ५०० रुपैयाँ दरका नोट नेपालमा वैधानिक रूपमा प्रयोग गर्न सकिने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै आवश्यक प्रक्रियागत व्यवस्था पूरा भएपछि बिहीबारदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रति व्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, भारत लैजान तथा प्रचलित नियमअनुसार सटही गर्न सक्नेछन्। अब ती दरका नोट नेपाली बैंक तथा वित्तीय संस्थाले पनि प्रचलित प्रक्रिया अनुसार सटही गर्न सक्नेछन्।

राष्ट्र बैंकले यो निर्णय नेपाल सरकारको नीतिगत निर्णय तथा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले गरेको विदेशी विनिमय सम्बन्धी व्यवस्थासँग तालमेल मिलाउँदै कार्यान्वयनमा ल्याएको जनाएको छ।

Leave Your Comment

Related News