सामाजिक सुरक्षा कोषले आफनो सेवामा तोक्यो ब्याजदर

काठमाडौं ।सामाजिक सुरक्षा कोषले आफूले प्रदान गर्ने सेवामा नयाँ ब्याजदर कायम गरेको छ । कोषले वृद्दअवस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा व्याज वार्षिक ३.२ प्रतिशत, संस्थागत तथा व्यक्तिगत अवकाश कोषमा जम्मा भएको रकममा वार्षिक ३.२ प्रतिशत ,विशेष सापटीमा कोषले लिने व्याज वार्षिक ४.७ प्रतिशत , घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा कोषले लिने […]

मिटरब्याज पीडितलाई सरकारले फेरि धोका दियो : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मिटरब्याज पीडितलाई पुनः धोका दिएको आरोप लगाएका छन्। उनले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको र गरिबी निवारणको सट्टा गरिब जनतालाई थप समस्यामा पार्ने काम गरेको टिप्पणी गरे। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको आर्थिक […]

राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौं ।प्रतिनिधि सभा,अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो । छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र […]

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, करिब २ लाख सीप नभएका कामदार विदेशिए

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुल ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन्। जसमा ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ […]

साउन मसान्तभित्र सम्पर्कमा आउन दूध उत्पादक सहकारी र निजी फार्मलाई डीडीसीको आग्रह

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री, दिगो तथा अनुमानयोग्य बनाउने तयारीस्वरूप संस्थानसँग निरन्तर कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मलाई  साउन मसान्तभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। संस्थानले आइतबार जारी गरेको सूचनामा विगत ५७ वर्षदेखि देशभरका दुग्ध उत्पादक सहकारी संस्था, निजी […]

निजी क्षेत्रको लगानी भित्र्याएर जिडिपी बढाउने मधेस सरकारको लक्ष्य

काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकतामा उच्च प्राथमिकतामा राखेर तदनुरुप कार्यारम्भ गरेको छ । प्राकृतिक स्रोत, उर्वर कृषि भूमि, प्रशस्त श्रमशक्ति तथा सीमापार व्यापारको पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेशको आर्थिक क्षमता पूर्ण रूपमा […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा रहेको थियो । […]

चोरी पैठारीका जुत्ता–चप्पल बिक्री नगर्न विभागको चेतावनी

काठमाडौं। बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका फुटवेयर (जुत्ता, चप्पललगायत) भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको भन्ने उजुरी र गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले शनिबार अत्यन्त जरुरी सूचना जारी गर्दै यस्ता गैरकानूनी व्यापार–व्यवसाय तत्काल रोक्न तथा कानुनबमोजिम मात्रै उद्योग तथा व्यापार सञ्चालन गर्न […]

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३’ आयोजना हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आगामी मंसिर ४, ५ र ६ गते भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङ खुला गरिएको […]

सुनको मूल्यमा निरन्तर गिरावट, सुनको मूल्य एक हप्तामै ५३ सयले घट्यो, 

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, गत असार २६ गते शुक्रबारदेखि साउन १ गते शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा ५ हजार ३०० रुपैयाँको गिरावाट आएको हो । महासंघका अनुसार, गत २६ गते सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो […]