RE
Global College

रसुवागढी भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी तथा उद्धार जारी

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् भने बाँकीको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

रसुवा भन्सार कार्यालयमा कुल ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा रहेको जनाइएको छ।

त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन्। बाँकी ३ जना करार तथा ज्यालादारी कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ।

प्राप्त विवरणअनुसार ११ जना स्थायी र ३ जना करार तथा ज्यालादारी कर्मचारी गरी कुल १४ जनाको खोजी भइरहेको छ।

बाढीका कारण भन्सार क्षेत्रमा समेत ठूलो जोखिम उत्पन्न भएपछि सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले समन्वय गरिरहेका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाइएको छ।

NECO

Leave Your Comment

Related News