RE
Global College

चालु आवको पहिलो महिनामै ३८ अर्ब ७० करोडको निर्यात, व्यापार घाटा २४.८८ प्रतिशतले वृद्धि

काठमाडौं । पछिल्लो समय मुलुकको निर्यात व्यापार बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा निर्यात ६१.७२ प्रतिशत र आयात ३१.०४ प्रतिशतले वृद्धि भएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.०४ प्रतिशतले बढी हो। अघिल्लो आवमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको आयात भएको थियो।

विभागका अनुसार चालु आवको पहिलो महिनामा ३८ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६१.७२ प्रतिशत बढी हो। अघिल्लो आवमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको निर्यात रहेको थियो। विभागका अनुसार सबैभन्दा धेरै निर्यात सोयाबिन तेलको रहेको छ, जुन १७ अर्ब ९९ करोड ३४ लाख रुपैयाँको निर्यात भएको छ।

आयात-निर्यातसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जबकि गत आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ थियो।

त्यस्तै, कुल व्यापारमा आयातको हिस्सा ८५.६७ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा झरेको छ। आयातको तुलनामा निर्यातको हिस्सा बढ्दै जानुलाई नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। आयात र निर्यातबीचको अनुपातसमेत गत वर्षको ५.९८ बाट घटेर यस वर्ष ४.८४ मा झरेको छ। निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहेकाले व्यापार संरचनामा क्रमिक सुधारको संकेत देखिएको छ।

NECO

Leave Your Comment

Related News