सासेक सदस्य राष्ट्रबीच भन्सारसम्बन्धी  पूर्व–आगमन सूचना आदानप्रदान समझदारी

काठमाडौं । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत नेपाल, भुटान, बङ्गलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउनेसम्बन्धी समझदारी भएको छ । सासेक राष्ट्रहरूका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा मालवस्तुमाथि भन्सार नियन्त्रणका लागि आगमन–पूर्वको सूचना आदानप्रदानसम्बन्धी सहयोगको आशयपत्रमा चार देशका भन्सार प्रशासनले हस्ताक्षर गरेका हुन् । माल्दिभ्समा आयोजित सासेकको १४औँ […]

नेपालगन्ज–पोखरा उडान पुनः सुरु हुँदै

काठमाडौं । लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए […]

ठेक्का तोडिएका निर्माण व्यवसायीलाई ३५ दिनभित्र सरकारी बाँकी रकम दाखिला गर्न ताकेता

काठमाडौं । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ। डिभिजनअन्तर्गत सञ्चालित विभिन्न सडक तथा पूर्वाधार आयोजनामा सम्झौताअनुसारको करारीय दायित्व पूरा नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेका निर्माण व्यवसायीका ठेक्का सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ। ठेक्का सम्झौता रद्द भएपछि निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने […]

फाइनान्स कम्पनीहरुको खुद नाफा १ अर्ब ६४ करोड, लाभांश क्षमतामा कति ?

काठमाडौं । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये १६ वटाले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १६ फाइनान्स कम्पनीहरुको कुल खुद नाफा १४४.७४ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  ६७ करोड ४ लाख […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात

काठमाडौं । गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो । निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, […]

खैरो–सूचीबाट बाहिरिन कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सचिव बैठकको निर्देशन

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुधारका लागि वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले औँल्याएका विषयलाई सम्बोधन गर्दै नेपाललाई खैरो–सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न तयार गरिएको कार्ययोजनालाई प्रभावकारी र समयबद्ध रूपमा कार्यान्वयन गर्ने भएको छ। सचिव बैठकले सम्बन्धित मन्त्रालय, निकाय तथा नियामक संस्थालाई कार्ययोजनामा तोकिएका सुधारका काम प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको हो। बैठकले […]

‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा ,३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टेलमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको तथा खाद्य सामग्री अस्वस्थ अवस्थामा राखिएको पाइएको हो। अनुगमनका क्रममा होस्टेलमा खाद्य स्वच्छता […]

तातो कफीले असर गरेकोमा कतार एयरवेजले यात्रु थापालाई क्षतिपूर्ति तिनुपर्ने फैसला, साढे २ करोड बढी क्षतिपूर्ति तिनुपर्ने

काठमाडौं । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रु प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ। अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की  थापाको पक्षमा फैसला सुनाएको हो। सन् २०२३ जुलाई १० मा […]

६ बर्षको लागि १० अर्व आन्तरिक ऋण उठाउदै सराकर

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र- २०९०  मार्फत १० अर्व आन्तरिक ऋण उठाउने भएको छ ।   विकास ऋणपत्र-२०९० (णफधभ०७०७२-९० ) मार्फत ऋण पत्र उठाउन लागेको हो । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार यो ऋण पत्र   ७ वर्षे अवधिको हुनेछ । २०८३ भाद्र ३ बुधबार बिहान ९ बजे देखी ३ बोलकबोलमा भाग लिन पाउनेछन् […]