१ खर्ब २ अर्ब राजस्व संकलन गर्न र विभाग सफल

काठमाडौं ।चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य रु. ६ खर्ब २८ अर्ब रहेकोमा भाद्र ६ गतेसम्म रु. १ खर्ब २ अर्ब राजस्व असुली भएको छ। चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व रु. ५ खर्ब २७ अर्ब रहेको छ। तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका […]

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को भाद्र मसान्तसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख  रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ उत्पादन जीडीपी को ४५.०५ प्रतिशत हुन आउँछ। चालू आर्थिक वर्षको सुरुको महिना साउनमा २९ खर्ब ८१ अर्ब ७० […]

खाद्यले दसैँमा खसी-च्याङ्ग्रा नबेच्ने

काठमाडौं । चाडपर्वको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने नबेच्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावको कारण देखाउँदै यस वर्ष दसैँमा खसी-च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो। बजारको बढ्दो मूल्यलाई सन्तुलनमा राख्न कम्पनीले […]

यस्तो छ आज डलर, पाउण्ड र युरो सहित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको […]

“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्न्त्रालयले असोज १४ देखि सीप तथा रोजगार मेला, २०८३ हुने जनाएको छ । मन्त्रालयले “सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ आगामी असोज १४ गतेदेखि २० गतेसम्म रोजगार मेला गर्न लागेको हो । यो वर्षको लागि आगामी असोज १४ गतेदेखि २० गतेसम्म “सीप र रोजगारी ः […]

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेश गरिएको छ । क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनर्रुत्थानको मस्यौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा रहेको थियो । युरोपियन […]

निजी क्षेत्रसँग प्रधानमन्त्री कार्यालयले माग्यो कानुन सुधारका लागि सुझाव, ५ दिनभित्र बुझाउन आग्रह

काठमाडौं ।  सरकारले कानुन सुधारका लागि निजी क्षेत्रसँग सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समस्यामा परेको कानुनको विद्यमान अवस्था, संशोधन प्रस्ताव र प्रस्तावित संशोधन आवश्यक पर्नुको कारण तथा औचित्य स्पष्ट पारी फराम भरि पठाउन निजी क्षेत्रलाई आग्रह गरिएको हो । कार्यालयले  निजी क्षेत्रका प्रमुख २१ वटा छाता संस्थाहरूलाई पत्राचार गर्दै ५ दिनभित्र […]

नार्कमा राजनीतिक हस्तक्षेप रोक्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना प्रक्रिया रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग गरिएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले परिषद्को संरचनागत सुधारका लागि यस्तो आयोग गठन गर्नुपर्ने प्रस्ताव […]