यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ […]

विदेश पढ्न जाने विद्यार्थीले लगे २९ अर्ब ५५ करोड

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेश पढ्नका लागि नेपाली विद्यार्थीले चालु आर्थिक वर्ष २०८३८४ मा रु. २९ अर्ब ५५ करोड रुपैयाँ विदेश लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु.३२ अर्ब ७६ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण  आय २८.६ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब ९४ करोड कायम भएको छ […]

आर्थिक वृद्धिदर ४ प्रतिशत रहने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३मा आर्थिक वृद्धिदर ४ प्रतिशतले रहने जनाएको छ । कार्यालयका अनुसार   त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ४.०० प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। यो बृद्धि हुनुमा विद्युत उत्पादन, प्रसारण तथा वितरण, […]

भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच विपद् बण्ड जारी गर्ने सम्झौता

काठमाडौं । नेपाल र विश्व बैंक समूहबीच भूकम्पबाट हुन सक्ने क्षतिको वित्तीय भार व्यवस्थापन तथा विपद्का बेला तत्काल स्रोत परिचालन गर्ने उद्देश्यले विपद् (क्याटास्ट्रोफ) बण्ड विकास तथा जारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंकका उच्च अधिकारीहरूबीच भएको भेटवार्तापछि उक्त सम्झौता सम्पन्न भएको हो । सम्झौतामा अर्थमन्त्री वाग्लेको उपस्थितिमा […]

उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

उदयुर । जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयुपरले जनाएको छ । जिल्लामा उत्पादन हुने मासुको ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने […]

दशैंतिहारमा चिनीको अभाव नहुने, २२ हजार क्विन्टल मौज्दात

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२ हजार क्विन्टल चिनी मौज्दात रहेको र आवश्यकताअनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए । उनका अनुसार सरकारले उपलब्ध गराएको चिनी काठमाडौं उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र […]

डलर र युरोको मूल्य घट्यो, पाउण्डको बढ्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा रहेको थियो । युरोपियन […]

दसैँका लागि ३ दिनमा १ लाख ३० हजारले लिए अग्रिम टिकट

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौंका विभिन्न नाकाहुँदै मंगलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको […]

गुर्जुधारा यातायात कार्यालयले उठायो करिब २ अर्ब ६० करोड राजस्व, बजेट खर्चमा सुधार

काठमाडौं । यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (गुर्जुधारा) ले आर्थिक वर्ष २०८२/८३ मा बजेट कार्यान्वयन र राजस्व सङ्कलन दुवैतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्चको दर बढ्नुका साथै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको कार्यालयको वित्तीय प्रगति विवरणले देखाएको छ। कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित चालु तथा पुँजीगत दुवै […]

कोरला नाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्याउन सकस

काठमाडौं । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध ९बेनी–जोमसोम० सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी ९इभी० नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका […]