Global College

चालु आवको चार महिनामा झण्डै साढे २० अर्बको स्मार्टफोन आयात, चीन र भारत मुख्य बजार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कार्तिक) मा नेपालमा २० अर्ब ६८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा कुल ८ लाख ७१ हजार ११३ थान स्मार्टफोन आयात हुँदा राज्यकोषमा ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

विश्वका ६१ वटा मुलुकबाट नेपालमा स्मार्टफोन आयात भएको विभागको तथ्यांकले देखाएको छ । कुल आयातको ठूलो हिस्सा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतले ओगटेका छन् ।

तथ्यांकअनुसार चार महिनाको अवधिमा चीनबाट मात्रै १६ अर्ब २४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका ७ लाख ५९ हजार ३३६ थान स्मार्टफोन भित्रिएका छन् । त्यस्तै, दोस्रो ठूलो बजारका रूपमा रहेको भारतबाट ३ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको १ लाख ६ हजार ३९४ थान स्मार्टफोन आयात भएको छ ।

यस्तै, तेस्रो मुलुकहरूतर्फ अमेरिकाबाट १७ करोड २१ लाख रुपैयाँभन्दा बढीको १ हजार ३३७ थान, अस्ट्रेलियाबाट १० करोड ६६ लाख रुपैयाँभन्दा बढीको ८६५ थान, जापानबाट ९ करोड ४३ लाख रुपैयाँको १ हजार १०५ थान र संयुक्त अरब इमिरेट्स (युएई) बाट ३ करोड ९२ लाख रुपैयाँको ३८२ थान स्मार्टफोन भित्रिएको छ ।

यसैगरी, बेलायतबाट ३ करोड ३७ लाख रुपैयाँको २७२ थान, क्यानडाबाट १ करोड ७५ लाख रुपैयाँको १४४ थान, दक्षिण कोरियाबाट १ करोड ६७ लाख रुपैयाँको २०५ थान र हङकङबाट १ करोड ८ लाख रुपैयाँको ८३ थान फोन आयात भएको भन्सार विभागले जनाएको छ । उल्लिखित मुख्य देशहरूबाहेक कतार, पोर्चुगल, फिनल्यान्ड, मलेसिया, बंगलादेश, न्युजिल्यान्ड, सिंगापुर, फ्रान्स, कुवेत, साउदी अरब, डेनमार्क, जर्मनी लगायतका अन्य दर्जनौँ मुलुकबाट पनि नेपालमा स्मार्टफोन भित्रिने क्रम जारी रहेको देखिन्छ ।

NECO

Leave Your Comment

Related News