Global College

काठको ब्रिकेटमा मात्र भ्याट छुट, न्यून बिजकीकरण गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) छुटका सम्बन्धमा उत्पन्न अन्योल हटाउँदै शीर्षक ४४.०१ अन्तर्गत पर्ने सबै मालवस्तुमा नभई ‘काठको ब्रिकेटहरू’ मा मात्र भ्याट छुट हुने स्पष्ट पारेको छ ।

विभागले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ ले संशोधन गरेको मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ अन्तर्गत शीर्षक ४४.०१ मा उल्लिखित सबै वस्तुमा कर छुट हुने हो कि भन्ने विषयमा विभिन्न डिभिजन वन कार्यालयहरू, ब्रिकेट तथा पेलेट उत्पादन गर्ने उद्योगहरू, सरोकारवाला तथा सर्वसाधारणमा द्विविधा उत्पन्न भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सूचनाअनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ (कर छुट हुने वस्तु तथा सेवाहरू) को समूह ११: अन्य वस्तु तथा सेवाको खण्ड (अ) मालवस्तुहरू अन्तर्गत रहेको चार अङ्कको एचएस कोड शीर्षकमा उल्लेख भएका सबै वस्तुमा कर छुट हुँदैन । ऐनबमोजिम उक्त शीर्षक अन्तर्गतको आठ अङ्कको एचएस कोड (उपशीर्षक) मा स्पष्ट रूपमा किटानी गरी उल्लेख भएको वस्तु तथा सेवामा मात्र कर छुट हुने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।

शीर्षक ४४.०१ अन्तर्गत ‘बाल्ने दाउरा, मुढा, चिरेको मोटो टुक्रा (विलेट), हाँगाबिँगा वा दाउराको बाँधेको बिटो, काठका चोइटाचोइटी वा मसिनो टुक्राटाक्री (पार्टिकल), काठ चिरेको धुलो, काठको अवशेष र रद्दी वस्तु, मुढो, ब्रिकेट, पेलेट वा यस्तै रूपमा एकत्रित गरिएको वा नगरिएको’ मालवस्तुहरू पर्दछन् ।

तर, आर्थिक ऐन, २०८३ ले उक्त शीर्षक अन्तर्गतको उपशीर्षक ४४०१.३२.०० मा समावेश ‘काठको ब्रिकेटहरू’ लाई मात्र मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था गरेको विभागको भनाइ छ ।

यसर्थ, शीर्षक ४४.०१ मा उल्लिखित अन्य सबै मालवस्तुमा कर छुट नहुने र उपशीर्षक ४४०१.३२.०० मा पर्ने काठको ब्रिकेटहरूमा मात्र मूल्य अभिवृद्धि कर छुट हुने व्यहोरा विभागले सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराएको छ ।

NECO

Leave Your Comment

Related News