Global College

पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।

मन्त्रालयका स्रोतका अनुसार मलेसिया प्रकरणमा पूर्व मुख्यसचिव अर्याललाई भारतबाट पक्राउ गरिएको हो , अब थप अनुसन्धान गरिन्छ ।मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि छ ।

मलेसिया प्रकरणमा प्रहरीले तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ गरिसकेको छ । उनीहरु विरुद्ध ठगी र सङ्गठित अपराधको कसुरमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ ।

NECO

Leave Your Comment

Related News