Global College

नेप्से १० अंकभन्दा बढीले घट्यो, कारोबार रकम पनि गिरावट

काठमाडौं । विहिबार नेप्से परिसूचक १०.८९ अंकले घटेको छ । नेप्से २६३६.७५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५५ वटा कम्पनीको १ करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ५ अर्ब ४८ करोड ९५ करोड पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ६५ करोड ६५ लाख रुपैयाँले घटेको छ। बुधबार कारोबार रकम ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ रुपैयाँ पुगेको  थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ र फ्लोट इण्डेक्स ०.८७ अंकले बढेको छ ।

यस दिन १२ उप समूह बढेका छन् भने १ समु घटेका छन्। बैंकिङ ०.९३ प्रतिशतले,विकास बैंक ०.४८, वित्त ०.४१, होटल्स तथा पर्यटन समूह ०.६२ , जलविद्युत ०.०९, , जीवन बीमा ०.३४, उत्पादन र प्रशोधन ०.१८, लघुवित्त ०.१५, म्युअुचल फण्ड ०.२४ निर्जीवन बीमा ०.४२, अन्य समूह ०.१३ र व्यापार समूह १.५२ प्रतिशतले बढेका छन्।लगानी ०.७२ प्रतिशतले घटेका छन् ।

यस दिन शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। टप गेनर्सको शीर्ष स्थानमा रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन ४.८८ प्रतिशत बढेको छ। त्यस्तै, लक्ष्मी उन्नती कोषको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन उर्जा विकास कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ५१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंकको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।

 

NECO

Leave Your Comment

Related News