पूँजीबजार सुधारको योजनाले लगानी बढ्ने अपेक्षाः उद्योग महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले पूँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजना प्रभावकारी कार्यान्वयन हुन सके लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेको छ। प्रस्तावित व्यवस्थाहरूले पूँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, लगानीमैत्री र चलायमान बनाउन  महत्वपूर्ण योगदान पु¥याउने महासंघको धारणा छ। पूँजीबजारको सुदृढीकरण र दायरा विस्तारले उद्योग–व्यवसायका लागि आवश्यक […]

भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता

काठमाडौं ।  नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनामा ६ अर्ब २७ करोड १५ लाख बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको भदौ महिनामा कुल १३६ वटा उद्योग तथा व्यवसायका लागि सो बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार समीक्षा अवधिमा स्वचालित (अटोमेटिक) […]

आजबाट ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ आज असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको […]

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को […]

ट्रेडमार्क दाबी विरोध गर्न उद्योग विभागको ९० दिने सूचना

काठमाडौं । उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि प्राप्त आवेदनमाथि दाबी विरोध गर्न ९० दिनको समय दिएको छ । विभागको औद्योगिक सम्पत्ति शाखाले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (९) बमोजिम दर्ता प्रयोजनका लागि प्राप्त ट्रेडमार्क आवेदनसम्बन्धी सूचना सार्वजनिक गरेको हो । विभागका अनुसार ट्रेडमार्कसम्बन्धी सूचना २०८३ भदौ ३१ गतेको औद्योगिक सम्पत्ति बुलेटिनमा […]

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको राससलाई जानकारी दिनुभयो । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन् […]

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना

काठमाडौं । दास किराना पसललाई रु दुई लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरेको हो । मेचीनगर नगरपालिका–९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदाना बिक्री गरेको पाइएपछि जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् । खाद्य प्रविधि कार्यालय भद्रपुरका […]

उद्यमी लामिछाने महासंघको ऊर्जा समिति सभापतिमा मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिमा मनोनयन गरेको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन नवीकरणीय […]

रेलायन्स सिपनिङ्ग मिल्सले नगद लाभंश घोषणा, साधारण सभा असोज २२ गते

काठमाडौं । रेलायन्स सिपनिङ्ग मिल्सले नगद लाभंश घोषणा गरेको छ । २९ गते बसेको ४२२ औ सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशका लागि कुल ५७ करोड रुपैयाँ छुट्याएको छ। सो नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते, बिहीबार, अनुपम फुड ल्याण्ड […]

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल ल्युब आयलले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश (करसहित) छन्। यो लाभांश पारित गर्न कम्पनीले आउँदो असोज १९ गते ३५ […]