काठमाडौं । प्रभु महालक्ष्मी, सन नेपाल, आईएमई र लाइफ इन्स्योरेन्सले आफनो बीमा पोलिसी बिक्री गरी नाफा कमाएका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा चार वटै लाइफ इन्स्योरेन्स कम्पनीहरुले लाखौं नाफा कमाएका छन् ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ करोड ३० लाख ३८ हजार रुपैयाँ , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ करोड ४३ लाख ९० हजार रुपैयाँ , आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले १४ करोड १२ लाख ५४ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) कम्पनीले ९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ९ करोड ३० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४५.९९ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो नाफा बढेर ९ करोड ३० लाख रुपैयाँ पुगेको हो।
कम्पनीको बीमाशुल्क आर्जनमा पनि वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन ३०.२४ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ रहेको थियो।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड ४३ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २.३८ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले २३ करोड ९२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो नाफा बढेर २४ करोड ४३ लाख ९० हजार रुपैयाँ पुगेको हो।
कम्पनीको बीमाशुल्क आर्जनमा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब २९ करोड ८६ लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ८ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको थियो।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ८३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा करिब १०.५१ प्रतिशतले घटेको हो।
लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने वृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार खुद बीमाशुल्क आर्जन ९.५७ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन ५ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।



