धितोपत्र र बीमा कसुरमा फरार दुई महिलासहित चार जना पक्राउ

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ र बीमा ऐन २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सोमबार विभिन्न संस्थाका चार जना फरा प्रतिवादीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४३ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन्। यस्तै, साबिक ललितपुर उपमहानगरपालिका–२ की […]

प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ४ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले […]

राष्ट्रिय बीमा कम्पनीका सीईओ डा. श्रेष्ठले दिए राजीनामा, कोइराला निमित्त सीईओ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको ५२७औँ बैठकले डा. श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार  साउन ३१ गते बसेको बैठकले निर्णय नं. १३२३ मार्फत उनको राजीनामा स्वीकृत गरेको हो। त्यस्तै, कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सुवास […]

प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको उच्च तह चियरम्यान क्लव तथा सीईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय सहर पोखरामा भाद्र ४ देखि ७ गतेसम्म ४ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेको […]

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्सलाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट ADM, उत्कृष्ट अभिकर्ता, Regional Manager तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीका प्रमुख […]

प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणले समेत आवेदन दिने पाउने गरि १ लाख ३५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यस अघि संस्थापक सेयरधनीका लागि आवेदन खुला गरेकोमा आवेदन नपरेकाले आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि १३ लाख ५६ हजार ६०० कित्ता संस्थाकप सेयर बिक्रीमा राखेको […]

हिमपहिरोमा परी मृत्यु भएका नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औं अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये ५ जना नेपाली नागरिक रहेका थिए । सोही दुर्घटनामा परी मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारका सदस्यलाई ट्रेकिङ तथा […]

स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको दाबी गरेका छन्। बरु गत वर्ष अपुग रकमका रूपमा ११ अर्ब रुपैयाँ थप गरिएको र चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा […]

नेपाल लाईफ इन्स्योरेन्सले बीमितलाई ठग्ने र अभिकर्तामाथि ज्यादती गरेको संघको आरोप

काठमाडौं ।  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण र बीमा कम्पनीहरुको मिलेमतोमा लाखौं बीमितलाई ठगि गर्ने गरेको खुलासा गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ठगि गर्ने गरेकोे अरोपसमेत लगाएको छ । संघका अध्यक्ष राजेन्द्र अमात्यले बीमा कम्पनीहरुले लाखांै बीमितलाई ठगी गरिरहेको खुलासा […]

सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ ।  कम्पनीको १० लाख ७५ हजार बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।