Global College

सन नेपाल लाइफको नाफा २४ करोड ४३ लाख भन्दा बढी, ईपीएस १८ रुपैयाँ ५५ पैसा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड ४३ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २.३८ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले २३ करोड ९२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो नाफा बढेर २४ करोड ४३ लाख ९० हजार रुपैयाँ पुगेको हो।

कम्पनीको बीमाशुल्क आर्जनमा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब २९ करोड ८६ लाख ७९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ८ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब २४ करोड ६४ लाख ८१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ४ करोड १४ लाख ९६ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ६३ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब २ करोड २४ लाख लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कुल खर्च १ अर्ब ३८ करोड ४९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ८५ करोड २ लाख रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ५५ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ रुपैयाँ ९५ पैसा रहेको थियो।

वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ७ अर्ब ९९ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको कुल सम्पत्ति २१ अर्ब ७१ करोड १५ लाख रुपैयाँ पुगेको छ भने जीवन बीमा कोष १ करोड ३४ लाख रुपैयाँ रहेको छ। कम्पनीले समीक्षा अवधिमा १८ अर्ब २७ करोड ५६ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल बीमालेख संख्या ८ लाख ३८ हजार ३३४ पुगेको छ। यस अवधिमा १ लाख ८ हजार ३३४ नयाँ बीमालेख जारी भएका छन्। कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात २४३.८० प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News