बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन्। भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। “बाढीका कारण देश शोकमा छ। […]

रसुवा भोटेकोशी बाढीपिडितको‌ सहयोगार्थ हिमालयन रि-इन्स्योरेन्सले दियो १‌करोड

काठमाडौं ।  गत भाद्र १०‌गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि   राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन  हिमालयन रि-इन्स्योरेन्सले  एक करोड  रुपैयाँ  प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । कम्पनीका पदाधिकारीहरूले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम (चेक) हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्न कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी […]

१५ बीमा कम्पनीमा ५८३ वटा दाबी दर्ता,दि ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको भौतिक क्षतिको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ  भन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणले भदौ १५ गतेसम्म सङ्कलन गरेको विवरण अनुसार १५ वटा निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल ५८३ वटा बीमालेखमार्फत सो दाबी परेको हो। बाढीका […]

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपदका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ। विपदका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन रहेका व्यक्तिहरू […]

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको अपुरणिय क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत रू.५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत […]

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं । हमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासन पौडेलललाई प्रहरीले पक्राउ गरेको छ । सम्पत्ती शुद्धिकरण, बीमा ऐन र धितोपत्र सम्बन्धी कसूर लगायत मुद्दामा फरार अभियुक्त पौडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पौडेलविरूद्ध विभिन्न फौजदारी कसूरमा नेपाल सरकारले गत जेठ २८ गते विशेष अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । […]

आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोगको गर्ने भएको छ । विपद्बाबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुर्नस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (csr) अन्तर्गत उक्तग […]

युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर कम्पनीकै विद्यमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले सूचना प्रकाशीत भएको […]

धितोपत्र र बीमा कसुरमा फरार दुई महिलासहित चार जना पक्राउ

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ र बीमा ऐन २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सोमबार विभिन्न संस्थाका चार जना फरा प्रतिवादीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४३ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन्। यस्तै, साबिक ललितपुर उपमहानगरपालिका–२ की […]

प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ४ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले […]