Global College

नेपाल लाइफको विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि नवीकरण बीमाशुल्क भुक्तानी नगरेका बीमितलाई विलम्ब शुल्कमा २० देखि ३० प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीले १८० दिनभन्दा बढी समय व्यतीत भएका बीमालेख नवीकरण गरी पुनः सुचारु गर्ने बीमितका लागि कात्ि १० गतेदेखि मंसिर २४ गतेसम्म छुट योजना ल्याएको हो ।

कम्पनीका अनुसार तीन वर्षसम्म व्यतीत भएका बीमालेखमा विलम्ब शुल्कको ३० प्रतिशत, तीन वर्षभन्दा बढीदेखि पाँच वर्षसम्म व्यतीत भएका बीमालेखमा २५ प्रतिशत र पाँच वर्षभन्दा बढी समय व्यतीत भएका बीमालेखमा २० प्रतिशत छुट प्रदान गरिनेछ ।यो सुविधा लिन बीमितले तोकिएको अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सुचारु गर्नुपर्नेछ ।

कम्पनीले छुट सुविधा लिएर पुनर्जागरण गरिएका बीमालेख एक वर्षभित्र समर्पण गरेमा प्रदान गरिएको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने जनाएको छ । साथै, एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितले पूरा बीमा अवधिभर पुनः यस्तो सुविधा पाउने छैनन् ।

NECO

Leave Your Comment

Related News