काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २८ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरुको नाममा रहेको २७ लाख ९३ हजार ३६१ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुमात्रै खरिदका लागि निवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । यो अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन दिनु पर्ने छ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।




