Global College

प्रभु महालक्ष्मी लाइफको सेयर संरचना फेरिँदै, संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहबीचको सेयर अनुपात परिमार्जन गर्दै सर्वसाधारणको हिस्सा बढाउन लागेको हो ।

हाल कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा १५.३३ प्रतिशत रहेको छ । प्रस्तावित परिवर्तनपछि संस्थापक समूहको स्वामित्व घटेर ७६.२०३० प्रतिशतमा सीमित हुनेछ भने सर्वसाधारण समूहको हिस्सा बढेर २३.७९७० प्रतिशत पुग्नेछ ।

कम्पनीका अनुसार सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ । उक्त प्रस्तावलाई २०८२ चैत १२ गते सम्पन्न विशेष साधारण सभाले समेत अनुमोदन गरिसकेको छ ।

NECO

Leave Your Comment

Related News