जीवन बीमा कम्पनीहरुको आम्दानी ३३.४४ प्रतिशतले बढ्यो,कसको कति ? (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरूको १ वर्षमा नाफा ३२ प्रतिशतले बढेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कमाएका छन्। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.४४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूको कमाई १९ अर्ब ६५ […]

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय पुनः नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनको हालको चारवर्षे कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ। त्यसपछि कात्तिक ७ गतेदेखि लागू हुने गरी २०८७ […]

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ३१ हजार बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा योग्य […]

साउनमा जीवन बीमा कम्पनीको व्यवसाय करिब ३३ प्रतिशतले बढ्यो: नेपाल लाईफ अग्रस्थानमा, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा बढेको छ । साउनमा १४ जीवन बीमा कम्पनीले कुल २ खर्ब १७ अर्ब १३ करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशतले बढेको  छ । गत आवको साउनमा यी […]

जेनजी आन्दोलनको एक वर्षपछि पनि बीमा दाबी भुक्तानी भएन , २३ अर्बको दाबीमध्ये ८ अर्ब ८२ करोड भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी अझै  हुन सकेको छैन  । आन्दोलन भएको करिब एक वर्ष पुगिसक्दा पनि बीमितले कुल २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी गरेकोमा बीमा कम्पनीहरूले ८ अर्ब ८२ करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ भदौ २३ र २४ गते भएको […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय बीमा कम्पनीको २५ लाख सहयोग

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट धनजनको ठूलो क्षति भएकोमा उद्धार, खोज, राहत र बाढी प्रभावितको सुरक्षित स्थानमा व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि सामाजिक उत्तरदायित्व खर्चबाट २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको छ । कम्पनीले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि […]

बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो । गत असार मसान्तम्मको दाबी निवेदनहरु लामो समयसम्म फछ्र्यौट हुन बाँकी रहेको कम्पनीले जनाएको छ । ती दाबी फछ्र्यौटका लागि कम्पनीले बीमितलाई विभिन्न मितिमा पत्रमार्फत […]

नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा चिनियाँ दूतावासमा श्रद्धाञ्जली सभा, झण्डा आधा झुक्याइयो

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार भदौ २२ काठमाडौँस्थित चिनियाँ दूतावासमा विशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। गत भदौ १० गते (अगस्ट २६) आएको विनाशकारी पहिरो तथा बाढीमा परी ज्यान गुमाएका नागरिकहरुको सम्झनामा दूतावासले शोक व्यक्त गरेको हो। शोक दिवसका अवसरमा दूतावास परिसरमा चिनियाँ राष्ट्रिय ध्वजा आधा झुक्याइएको थियो। मृतकहरूप्रति […]

नेको इन्सुरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग

काठमाडौं ।  नेको इन्सुरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य श्री मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा माननीय अर्थमन्त्रीज्यूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा साढे ३३ लाख सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूले आफ्नो एक दिनको तलबबापत ८ लाख […]