काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको विवरण समेटेर बुधबार विवरण सार्वजनिक गरेको हो ।
जसमा बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा भुक्तानी रकम उल्लेख छ ।




