भोटेकोसीको विनाशकारी बाढीबाट माथिल्लो त्रिशुली ३ ‘बी’ आयोजनामा ठुलो क्षति, १७९ जना अझै बेपत्ता

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडद्वारा नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीमा निर्माणाधीन ३७ मेगावाटको ‘माथिल्लो त्रिशुली ३ बी’ जलविद्युत आयोजनामा गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले व्यापक क्षति पुर्‍याएको छ। कम्पनीले असोज ४ गते नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लगायतका निकायहरूलाई आयोजनाको अद्यावधिक अवस्थाबारे औपचारिक पत्र पठाउँदै सो घटनाबारे जानकारी गराएको हो। […]

उपत्यकामा अध्ययनरत दलित र लोपोन्मुख विद्यार्थीलाई ३०० विद्युतीय चुलो दिइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यकामा घर भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० जना विद्यार्थीहरूलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गर्ने भएको छ। एलपी ग्यासको समस्यामा राहत पुर्‍याउन र स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाउन जारी गरिएको सूचना अनुसार उपत्यकाबाहिरबाट आई अध्ययनरत […]

मिड सोलु  हाइड्रोपावर लाभांश घोषणा

काठमाडौं । मिड सोलु  हाइड्रोपावर  लाभांश घोषणा गरेको छ । कम्पनीले असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९प्रतिशत नगद ‍लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ । सो पुँजीको १५ प्रतिशत बराबर […]

बिजुलीमा लगाइएको भ्याट हटाइने

काठमाडौं । सरकारले बिजुलीमा लगाएको ५ प्रतिशत भ्याट हटाउने भएको छ । उक्त भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सहमति भएको हो । आइतबार ऊर्जामन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. वाग्लेबीच भएको भेटमा ५ प्रतिशतको भ्याट हटाउने सहमति भएको उर्जा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ती […]

माथिल्लो त्रिशूली-१ बाढी: ३९ जनाको मृत्यु, ४३९ जना अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (NWEDC) ले विज्ञप्ति जारी गर्दै बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको र ४३९ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। बाढी आउने […]

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए । चापका बीच विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण […]

बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ असोज ५ गते आज बाँडफाँड हुन लागेको हो । कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान ९ बजे बाँडफाँडको तयारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि […]

थ्रीस्टार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद जारी गर्ने, साधारणसभा पनि आह्वान

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले एक सेयर बराबर एक सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीले आगामी नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा आह्वान गर्दै उक्त प्रस्ताव पेस गर्ने भएको हो । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक गर्ने निर्णय गरेको […]

भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो । प्राधिकरणकाअनुसार भदौ […]

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

काठमाडौं । भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए। […]