पिपुल्स हाइड्रोपावरको लक इन अवधि मंसिर ५ गते सकिने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका  कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि मंसिर ५ गते सकिने  भएको छ । संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले २ करोड ६५ लाख ६१ हजार १८ सय कित्ता सेयरको लक इन अबाधि सकिने भएको छ । जसमा संस्थापकहरुले २ करोड  ४० लाख कित्ता […]

डेडिकेटेड तथा ट्रंक लाइन विद्युत महसुल विवाद  ३ उधोगले तिरे बक्यौता किस्ता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता […]

जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१÷८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन […]

इपानले भन्यो – सेबोनका अध्यक्ष श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउनु पर्छ

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउने पर्ने बताएको छ । उपमहासविच प्रकाशचन्द्र दुलालले सेबोनका अध्यक्ष श्रेष्ठले पैसा उठाउने प्रयास गरेको भन्दै सरकारले तत्काललाई उनलाई हटाउनुपर्ने बताए । उनले एजेन्ट लगाएर सेबोनका अधिकारीहरुले पैसा माग गरेको हुँदा वर्तमान सरकारले सेबोनको […]

एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन: मन्त्री कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम सफल हुन नसकेको बताए । विश्व वसोवास दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले सोमबार राजधानीमा गरेको कार्यक्रममा भौगोलिक जोखिम परीक्षणमार्फत […]

बाराही हाइड्रोपावरको साधारण सभा कात्तिक २० गते, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको साधारण सभा कात्तिक २० गते हुने भएको छ । सभा डोलेश्वर भिलेज रिसोर्ट, सुर्यविनायक, भक्तपुरमा बिहान १२:१५ बजे सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। सभामा कम्पानीले हकप्रदबाट प्राप्त रकमको उपयोग गर्ने र हकप्रद जारी गर्ने क्रममा आईपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने भएको […]

सान्जेन जलविद्युतको ३६ लाख ५० हजार कित्ता सेयरको लक इन अवधि कात्तिक २८ गते सकिंदै

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडद्वारा  स्थानिय बासिन्दाहरूका लागि छुटाएको सेयरको लक इन अवधि आगामी कात्तिक २९ गते सकिने भएको छ । स्थानिय बासिन्दाहरुका लागि होल्ड गरेको ३६ लाख ५० हजार  कित्ता सेयरको लक इन अवधि समाप्ति हुनेछ । यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् ।

मिड सोलु हाइड्रोपावरले सञ्चालन गरेको आयोजना पूर्ण रुपमा बन्द

काठमाडौं ।  मिड सोलु आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । गएको असोज २० गते बिहान ८ः२५ बजेबाट प्लान्ट पूर्ण रुपमा बन्द गरिएको कम्पनीले जनाएको छ ।  असोज १८ र १९ गतेको भएको  वर्षाको कारणले आयोजना रहेको सोलु खोलाको सतहदेखि पहिरो गएको र सो सोलु खोलाको करिव १२० मिटर माथि हेडरेस पाइपको माथिल्लो भाग सल्लेरी […]

पाँचथर पावर र पञ्चकन्या माईको आयोजनाबाट विद्युत उत्पादन पुनः सूचारु

काठमाडौं । पाँचथर पावर कम्पनीको जलविद्युत आयोजनाबाट विदयुत उत्पादन पुनः सुरु भएको छ । यस कम्पनीले सञ्चालन गरेको हेवा खोलामा रहेको आयोजना (१४.९ मे.वा) असोज १८ गतेको बाढीका कारण बन्द भएको थियो । अहिले मर्मत पश्चात असोज २१ गते बेलुका सभा ४ बजेबाट प्लान्ट पुनः संचालनमा आएको कम्पनीले जनाएको छ । यता, पञ्चकन्या माई हाइड्रोपावर […]

निशुल्क शेयर मागेर बन्द गराइएको भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्षको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनावारे जानकारी गराएका थिए । प्रतिनिधि मण्डलले  जेन-जी युवाहरुको नाममा जलविद्युत बयोजना बन्द गराउनु अराजकता भएको […]