CLI
Global College

आइपीओ बिक्री खुला गरेको माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी ,कस्तो छ ? हेरौं

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात, दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ८ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ७२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता सेयर कर्मचारीहरुका लागि र ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ। बाँकी रहेको १४ लाख २७ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

यो निष्कासन बन्द छिटोमा असार ८ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा  सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कस्तो छ रेटिङको अवस्था?

माउन्ट एभरेष्ट पावरले केयर रेटिङ्ग नेपाल लिमिटेडबाट “CARE-NP BB+ (Is)” रेटिङ्ग प्राप्त गरेको छ। यो रेटिङ्गले कम्पनी आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम रुपमा सुरक्षित रहेको र यसमा भुक्तानी डिफल्ट हुने मध्यम जोखिम रहेको संकेत गर्दछ। केयर रेटिङ्गले प्रदान गर्ने ‘AAA’ ले सबैभन्दा बलियो र ‘D’ ले सबैभन्दा कमजोर आधार जनाउने हुनाले यो कम्पनी मध्यम श्रेणीमा पर्दछ, जहाँ संकेत पछाडिको ‘+’ चिन्हले यस वर्गभित्रको तुलनात्मक रुपमा राम्रो स्थितिलाई बुझाउँछ। यो रेटिङ्ग कम्पनीले मिति २०८२ पुस ८ गते (२३ डिसेम्बर २०२५) मा प्राप्त गरेको हो।

कति कित्ताका लागि दिने आवेदन?

कम्पनीले सर्वसाधारणका लागि १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको छ। १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा १ लाख ४२ हजार ७६० जनाले मात्र सेयर हात पार्नेछन्। कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

कम्पनी सम्बन्धी विवरण

यस कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७१ कात्तिक ३० गते ‘माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट प्राईभेट लिमिटेड’ को रुपमा दर्ता भई २०८० असार २८ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो। हाल यसले कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार सञ्चालन गर्दै आइरहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर महानगरपालिका वडा नं. १५, महालक्ष्मीस्थानमा रहेको छ। त्यस्तै, कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा रहेका छन्। कम्पनीले आवश्यकता अनुसार कम्पनी ऐन, २०६३ बमोजिम रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न सक्नेछ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा अवस्थित दुधकुण्ड खोला जलविद्युत आयोजनाबाट १२ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण गर्न विद्युत विकास विभागबाट २०७६ मंसिर १८ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो।

उक्त सम्झौताको अवधि २८ वर्ष ९ महिना बाँकी छ। उक्त आयोजनाबाट २०८१ साउन १६ गतेदेखि नै व्यावसायिक उत्पादन सुरु भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत २४.५८ किलोमिटर लामो ३३ के.भी. सिंगल सर्किट प्रसारण लाइनमार्फत सोलुखुम्बु जिल्लामा अवस्थित नेपाल विद्युत प्राधिकरणको १३२ के.भी. तिङ्गला सब-स्टेशनमा जोडिएको छ।

आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ।

धितोपत्र जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुका लागि आवश्यक पूँजी संकलन गर्न कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, निष्कासनबाट संकलित रकम कम्पनीको व्यावसायिक विस्तार, आयोजनाको ऊर्जा वृद्धि, बैंक कर्जा भुक्तानी र आयोजना निर्माणमा उपयोग गर्दै लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल सुनिश्चित गर्ने मुख्य उद्देश्य राखिएको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले साधारण सेयर जारी गरेपश्चात् सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकम आयोजना निर्माण गर्दा उपभोग गरेको प्राइम कमर्सियल बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ।

कम्पनीको वित्तीय अवस्था

कम्पनीले आर्थिक वर्ष २०८४-८५ सम्म ५६ लाख रुपैयाँ चुक्ता पुँजी पुराउने योजाना बनाएको छ ।  हाक कम्पनीको चुक्ट पुँजी ६० लाख २ हजार रुपैयाँरहेको छ  । यता, कम्पनिले चालु आवको पुससम्म ८ कारोड ६० लाख रुपैयाव नाफा कमएको छ ।गत वर्ष भने कम्पनीले ६ करोड ४३ लाख २० हाजर रुपैयाँ कमएको थियो ।

आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा १० करोड २२ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

कम्पनीको पुससम्मको प्रतिसेयर आम्दानी १२.१६ रुपैयाँ छ भने नेटवर्थ १०६.८४ रुपैयाँ छ ।

भावी योजना तथा रणनीति

यस कम्पनीको मुख्य योजना नेपालको जलश्रोतको अधिकतम उपयोग गरी नयाँ सम्भाव्य जलविद्युत आयोजनाहरुको पहिचान, अध्ययन र निर्माण गर्ने तथा उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने रहेको छ। कम्पनीले लगानी गर्दा समुचित प्रतिफल प्राप्त हुने आयोजनाहरुलाई मात्र प्राथमिकता दिने रणनीति अख्तियार गरेको छ। हाल देशमा विद्युतको माग र आपूर्तिबीच ठूलो अन्तर रहेको र उत्पादित बिजुलीको बिक्री सम्झौता (PPA) पहिले नै सुनिश्चित हुने भएकाले, यस व्यवसायमा अन्य वस्तु उत्पादन क्षेत्रमा जस्तो तीव्र प्रतिस्पर्धाको जोखिम छैन। पर्याप्त विद्युत उत्पादन गरेर देशभित्रको माग धान्न र छिमेकी मुलुकहरुमा समेत निर्यात गर्न सकिने प्रचुर सम्भावना रहेकाले जलविद्युत क्षेत्रमा कम्पनीको भविष्य सुरक्षित र अलग पहिचान बनाउन सफल देखिन्छ।

Leave Your Comment

Related News