निशुल्क शेयर मागेर बन्द गराइएको भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्षको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनावारे जानकारी गराएका थिए । प्रतिनिधि मण्डलले  जेन-जी युवाहरुको नाममा जलविद्युत बयोजना बन्द गराउनु अराजकता भएको […]

सूचीकृत १२ हाइड्रोपावरको उत्पादन बन्द हुँदा १२३ मेगावाट विद्युत आपूर्तिमा असर, १२ वटै कम्पनीको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । सूचीकृत १२ वटा हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट १२३.१६ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । असोज १७ गतेदेखि १९ गतेसम्म आएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । त्यसैले यी कम्पनीहरुले सञ्चालन गरेको आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । यता, माई भ्याली हाइड्रोपावरले सञ्चालन गरेको माई सी क्यासकेड आयोजनाको ५.१ मेवा […]

सूचीकृत सानिमा माईसहित यी ४ हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाडौं । नेप्सेमा सूचीकृत सानिमा माई हाइड्रोपावर, सान्भि इनर्जी, सामलिङ्ग पावर र एशियन हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको विद्युत आयोजनमा बाढीका कारण क्षति पुगेको छ । जसकारण यी आयोजनाहरुबाट विद्युत उत्पादत पूर्ण रुपमा बन्द भएको कम्पनीहरुले जनाएका छन् । असोज १८ गते भएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । खोलाहरुमा अझै बाढी आउने क्रम […]

असोज १७-१९ को बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित

काठमाडौं ।  यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित […]

कुलमान घिसिङले गरे विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी […]

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द

चितवन । जिल्लाको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको बताए । शनिबारदेखि परेको पानीका कारण रिउखोला […]

“बाढी र पहिरोबाट २ जलविद्युत आयोजनामा क्षति”

काठमाडौं । ऊर्जा, भौतिक एवं सहरी विकास मन्त्री कुलमान घिसिङले सिँचाइ क्षेत्रमा मात्रै करिब १० करोडबराबरको क्षति पुगेको बताएका छन् । योबाहेक बाढी र पहिरोको कारण निजी क्षेत्रले सञ्चालन गरेको दुईवटा जलविद्युत् आयोजनामा क्षति पुगेको उनले बताए । मन्त्री घिसिङले ८ मेगावाटको एउटा र १० मेगावाटभन्दा कमको एउटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताए । उनले जलविद्युतमा […]

जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ । आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा […]

डेडिकेटेड ट्रंकलाइन बक्यौता बुझाउन कात्तिक १७ सम्मको अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन कात्तिक १७ सम्मको अल्टिमेटम दिएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आइतबार सूचना जारी गर्दै बक्यौता बुझाउन अल्टमेटम दिएको हो । प्राधिकरण संचालक समितिको असोज १० को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको उल्लेख छ । डेडिकेटेड फिडर तथा ट्रक लाईनबाट विद्युत सप्लाई लिएका […]

विद्युत् विकास विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ

काठमाडौं । विद्युत् विकास विभागको जिम्मेवारी महानिर्देशकमा मनदेवी श्रेष्ठलाई दिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले शुक्रबार श्रेष्ठलाई विभागमा सरुवा गरेको घिसिङको सचिवालयले जनाएको छ । त्यस्तै हालका महानिर्देशक रहेका जीवछ मण्डललाई ऊर्जा आयोगमा सरुवा गरिएको छ । महिलाबाट महानिर्देशक बन्ने श्रेष्ठ पहिलो हुन् ।