काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्कध सनराइज क्यापिटलको कार्यालयमा सो आईपिओ बाँडफाँट भएको हो।
कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीका अनुसार २७ लाख ५९ हजार ४ सय ९० जनाको आवेदन परेको थियो।
जस मध्ये २७ लाख २७ हजार ५ सय १५ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।


