Global College

पेट्रोलियम पदार्थको मूल्य यथावत : निगमलाई १५ दिनमै १ अर्ब ६२ करोड घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । चाडपर्व र आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले हालकै खरिद मूल्यका आधारमा पेट्रोल तथा डिजेलको खुद्रा बिक्री मूल्य नबढाई साविककै मूल्य कायम गरेको हो ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले मूल्य बढाउनुपर्ने देखिए पनि निगम सञ्चालक समितिको निर्णय अनुसार मूल्य यथावत राखिएको छ । यसरी मूल्य नबढाइँदा निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।

निगमले डिपो तथा कार्यालयबाट १५ किलोमिटर परिधिभित्र लागु हुने गरी विभिन्न वर्गमा निर्धारण गरेको छ । निगमका अनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेल दुवैको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ तोकिएको छ। तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा भने पेट्रोल तथा डिजेल/मट्टितेल दुवैको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० रुपैयाँ यथावत राखिएको छ।

 

NECO

Leave Your Comment

Related News