काठमाडौं उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौं । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको तार परिवर्तन गर्ने कामका कारण शनिबार र आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले असोज २४ र २५ गते प्रसारण लाइनको पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागेको हो। यसका लागि दुवै दिन […]

लगानी बोर्डको ६८औँ बैठक: दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको सानी भेरी–३ अर्धजलाशययुक्त […]

प्रसारण शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत विद्युत् नियमन आयोगले निर्धारण गरेको प्रसारण शुल्क महँगो भएको भन्दै पुनरावलोकन गर्न माग गरेको छ। आयोगले प्रसारण शुल्क निर्धारण गर्नु निजी क्षेत्रका लागि सकारात्मक भए पनि तोकिएको दरले स्वदेशी तथा अन्तरदेशीय विद्युत् व्यापारमा लागत बढाउने इप्पानको भनाइ छ। आयोगले २०८३ […]

बुद्धभूमी नेपाल हाईड्रोपावरको १८ औँ वार्षिक साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि १८ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बालनट बिस्ट्रो दोचा मार्ग, पानीपोखरी, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले संचालक समितको तर्फबाट […]

बाढीले बन्द भएको राहुघाट ११ दिनमै पुनः सञ्चालन, २० मेगावाट विद्युत उत्पादन सुरु

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीबाट क्षतिग्रस्त राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ। बाढीका कारण विद्युतगृहमा पानी पसेर महत्वपूर्ण संरचना तथा उपकरणमा क्षति पुगेपछि बन्द भएको आयोजनाको एउटा युनिट बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो। असोज ११ गते आएको बाढीले आयोजनाको विद्युतगृहबाट विद्युत उत्पादनपछि पानी कालीगण्डकी नदीमा पठाउने टेलरेस […]

लगानीकर्ता, उपभोक्ता र सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताएका छन् । विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको […]

ऊर्जामा आधारित अर्थतन्त्र निर्माणमा मन्त्री श्रेष्ठको जोड, आयोगले बुझायो प्रतिवेदन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका  छन् । विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति […]

सरकारी कार्यालयको विद्युत महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने

काठमाडौं ।  सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल विद्युत प्राधिकरण र महालेखा नियन्त्रक कार्यालयबीच सरकारी निकायले उपभोग गरेको विद्युत महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्र् व्यवस्थापन सेवा र नेपाल विद्युत प्राधिकरणको […]

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल,काउन्टर सञ्चालनमै ५९ करोड ७९ लाख खर्च

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन् ।अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुस तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड दिए । यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको उनले बताए […]

बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र चलाउने: ऊर्जामन्त्री श्रेष्ठको ‘उत्पादनदेखि बजारसम्म’ योजना

काठमाडौं । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै होइन, एउटै चक्रका रूपमा हेरिन थालिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा अड्किएको लगानी चलाउने, नयाँ लगानी भित्र्याउने र ऊर्जालाई अर्थतन्त्रको आधार बनाउने प्रयास भइरहेको छ। RCOD: पहिलो चरणमा २७ आयोजना नेपाल विद्युत् प्राधिकरणले पहिलो […]