२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो, ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५ मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ। आयोजनाको वित्तीय व्यवस्थापन राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गर्ने भएका छन्। सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा तीन बैंकले संयुक्त रूपमा ३ अर्ब ३६ करोड […]

माघ ३ देखि ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र भिजन इनोभेसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म (जनवरी १७ देखि १९, २०२७) काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो । ‘उत्थानशील […]

रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत शुल्कमा छुट

  काठमाडौं ।  भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई […]

त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ। क्षतिग्रस्त भएकामध्ये १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु भइसकेको छ। धादिङको कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन्। त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार […]

विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६बुँदे नयाँ अवधारणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत […]

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ । भारतका अनुसार […]

भोटेकोशी बाढीको असर: इक्रा नेपालद्वारा बीमक र जलविद्युत् आयोजनाको रेटिङ पुनरावलोकन

काठमाडौं । भदौ १० गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीले चीनको ग्याइरोङ (केरुङ) बन्दरगाह पूर्ण रूपमा ध्वस्त पार्दै नेपालको तटीय क्षेत्रमा भीषण क्षति पुर्‍याएको छ। लामटाङ हिमालमा गएको पहिरो वा हिमपहिरोले नदी थपिएर बनेको प्राकृतिक बाँध फुटेपछि यो विपद् भएको हो। यसबाट मुख्य गरी रसुवा र नुवाकोट तथा केही हदसम्म धादिङ जिल्ला प्रभावित […]

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा समेत आह्वान

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले २९ औं वार्षिक साधारणसभा पनि बोलाएको […]

असाधारण विपत्तिलाई आधार बनाएर नेपालमा लगानी जोखिमपूर्ण भन्न मिल्दैन : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने असाधारण प्राकृतिक विपत्तिका आधारमा नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्न नहुने […]

३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम छ : डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम रहेको बताएका छन्। इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् आयोजनामा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्नु दुःखद भएको बताए। जलविद्युत् […]